view cart menu separator categories menu separator faq
advanced search
(कमल ढकाल) १९औं शताब्दिका चर्चित लेखक रोआन्ड डालले भनेका छन्– ‘जसले चमत्कारमा विश्वास गर्दैन उसले कहिले पनि चमत्कार प्राप्त गर्न सक्दैन ।’ चमत्कारलाई नेपाली बृहत् शब्दकोशले आश्चर्य, अनौठो भन्ने अर्थ दिएको छ । यो शब्द हरेक मान्छेलाई मन पर्छ । हरेकको जिन्दगीमा एकपल्ट आउँछ ।

चमत्कारको विश्वास गर्नेले त्यो पाउँछ । बाल्यकालमा हामी हरेक कुरा अनौठो आश्चर्यजनक मान्थ्यौं । बाल्यकालमा सोचेका कतिपय कुरा पछि गएर ठइक्कै मिल्छन् । कति वर्षपछि त्यो मिल्दा हामीलाई चमत्कार भन्ने लाग्छ । चमत्कारको चाबी भनेको कृतज्ञता हो । आफ्नो कामप्रति कृतज्ञताज्ञापन गर्दै अगाडि बढ्नेले चमत्कार भेटाउँछ ।धार्मिक ग्रन्थहरूले पनि चमत्कारको बारे कुरा गरेका छन् । त्यसको चाबी कृतज्ञता नै हो भनेर मानेका छन् । बाइबलले भन्यो– ‘जोसँग कृतज्ञता छ, उसलाई अझ दिइनेछ, ऊसँग अकुत हुनेछ । जोसँग कृतज्ञता छैन, ऊसँग भएको पनि खोसिनेछ ।’ यसलाई टेकेर भनेका होलान् स्टिभ जब्सले– ‘प्रेम भएको काम रोज्नुस् । वा कामलाई प्रेम गर्नुस् ।’

दोलखा सुनखानी भदौरेका तीन दाजुभाइले आफ्नो कामलाई प्रेम गरे । कामलाई प्रेम गरेकै कारण उनीहरूको जिन्दगीमा आज चमत्कारले बास गरेको छ । सुनखानी गाउँमा जन्मे पनि उनीहरूको जिन्दगी दुःखको खानी थियो । भदौरे टोलको नाम जस्तै आँखामा आँसु टिलपिल हुन्थ्यो । उनीहरूका बाबु सुरथकुमार शिवाकोटी भन्छन्– ‘देखाउँदा ऊ त्यो चुच्चो डाँडोसम्म आफ्नै हो भन्न पाइने । अन्न भने तीन महिना पनि खान नपुग्ने थियो ।’ दुःखजिलो गरिरहेको परिवारको माउ आमा पनि बितेपछि जेठो छोरा सुदर्शनमा जिम्मेवारी थिचियो ।

तीनमध्ये जेठा दाजु सुदर्शन दुःख हटाउने आत्मविश्वासले राजधानीमा आए । सुनौला सपनासँगै जादुमयी जीवनको लालसाले आएका उनले बहुत हन्डर ठक्कर बेहोरे । राजधानी आएपछि जनजीविका र करिअर दुवैले लखेट्यो । एसएलसी गाउँमा सकेर आएका उनको पढाइ र गाँस जोडने काम सँगसँगै गर्नु बाध्यता थियो । शुरूका दिनमा सुदर्शनले सुत्ने ठाउँ नभएर रूखको टोडकामा समेत सुतेको बताउँदा सँगै बसेको बाबु कर्तव्यबोधले छट्पटाएको प्रस्टै देखिन्थ्यो ।
गाउँका कति मान्छे राजधानीको सुनधारामा साहुको ब्याग ल्याएर गाउँ–गाउँ गएर बेच्न हिँड्थे । सुदर्शनले पनि त्यही गरे । बस्ने मेलो पाएपछि भाइ खडानन्दलाई पनि बोलाए । राजधानीमा अरूको घरमा काम गरेर खडानन्दले पढे । रंगरंगका घरभेटीका कारण दुःख पाएपछि खडानन्दले पढाइ छाडेर दाजुकै काम समाते ।

चार पाँच जना साथीसँगै एकै डेरामा बस्थे । एक दिन यस्तो भएछ– ब्याग बेचेर राति फर्कंदा डेरामा साथीले साँचो लिएर हिँडेछन् । जाने ठाउँ कहीं थिएन । रातभर दुवै भाई ब्याग ओच्छाएर बाहिरै सुतेछन् । जसोतसो जीवन चलाएर पैसा बचाउँथे । बेचेको पैसा घरमा बाबुलाई पठाउँथे । दुई बहिनी र एक भाइको मायाले राजधानीमा उनीहरू कम खर्च गर्थे । राजधानी बसेका छोराका मायाले बाबु उता पैसा बचाउँथे । १२ कक्षा पास गरेपछि सुदर्शनले हिम्मत जुटाए । कति अर्काको ब्याग बेचर हिँड्नु आफ्नै ब्याग कारखाना खोल्छु भनेर । पावर भाइ खडानन्द थिए । जसले होलसेलमा बसेर ब्यागको बारेमा बुझ्दै थिए । बाबुले खाईनखाई गरेर जोडेको पचास हजार गाउँबाट पठाए । उनीहरूको ब्याग कारखाना त्यही पैसाले खुल्यो ।

२०५७ मंसिरको जाडो उनीहरूको जिन्दगीकै तातो दिन बन्यो– शिवाकोटी ब्याग उद्योग खोलेका कारण । व्यापारको रथका दुई पांग्रा दुवै दाजुभाइ बने । दाजु सुदर्शनले मार्केटिङ हेरे, भाइ खडानन्दले प्रोडक्सन । व्यापारको गाडी गुड्यो । मद्दतका लागि कान्छो भाइ राम पनि गाउँबाट आए । बहिनी बाबु र आफन्तको सहयोगमा उनीहरूको व्यापार बिस्तार हुँदै गयो । दिनरात नभनी आएको काम फत्ते गर्दै जाँदा शहरमा कोही नभएका दाजुभाइले धेरैलाई आफ्नो बनाए । स्कुल कलेज, एनजीओ आईएनजीओमा ब्याग सप्लाई गर्न थाले, मैतिदेवी, बानेश्वरमा पसल राखे । काम गर्दै जाँदा उनीहरू बागबजारबाट अनामनगर, घट्टेकुलो हुँदै आज आफ्नै घर कोटेश्वरमा कारखाना राखेका छन् ।

सेल्स आफटर सर्भिसले उनीहरूलाई चर्चित बनायो, ग्राहक बढे । किनेपछि साट्न नमान्ने बेलामा उनीहरूले बिग्रेको सामानसमेत बनाइदिने गरेकाले शिवाकोटी ब्याग उद्योग व्यापक चल्यो । नेपाल ब्याग उद्योग संघमा समेत दर्ता भएका छन् उनीहरू । उतिबेलाका साहुजी छविलाल तिमल्सिना त्यसका संस्थापक छन् । जोसँग दाजुभाइ काँध जोडेर हिँड्न सक्छन् । आफू मात्र नभई उनीहरूले एक दर्जन परिवारको रोजिरोटी चलाएका छन् ।व्यापारमा इमानदारिता र लगनशीलता भएपछि त्यसले धेरै चाँडो गुँड लगाउँछ । इमानदारीता हराएको शहरमा उनीहरूले इमानदारिता देखाए । बिहान अबेरसम्म सुत्ने शहरमा उनीहरू सखारै बिउँझिए । त्यसैले त आज उनीहरूले बम्बेमा समेत कारखाना खोलेका छन्, जो कान्छो भाइले चलाउँछन् । लार्ज अर्डर आउँदा बम्बेमा बनाउन लगाउँछन् ।अब ब्यागको बजार विदेशमा बिस्तार गर्ने सुरमा उनीहरू लागेका छन् । त्यसका लागि शिवाकोटी ब्रान्ड राखिसकेका छन् । ब्यागको साथै रेनकोट, टिसर्ट, क्याप सबै बनाउँदै छन् । दुवै दाजुभाइका दुई श्रीमती भित्रिसके । उनीहरू पनि यही व्यापारमा सहभागी छन् ।

गरिबी भोगेका दाजुभाइका छोराछोरी धनी बन्दैछन् । दुई दाजुभाइको दुई ठाउँमा घर छ, मैतिदेवी र कोटेश्वरमा । ६१ सालमा किनेको कोटेश्वरको घरमा आज कारखाना छ । किनेको दुई वर्षपछि एक तल्ला थपे, आज तीन तल्ला छ । आमा बित्दा डेढ वर्षकी बहिनी निर्मला आज एमए पढ्दैछिन् । घरमा साँच्चै चमत्कार भएको छ । अहिले उनीहरूको परिवारमा कोही बेरोजगार छैन । नयाँ मान्छे कोही आफ्नो परिवारमा आए उनीहरूलाई व्यापार दिन सक्ने भइसकेका छन् । १३ वर्षमा उनीहरूको जिन्दगीमा चमत्कार भएको छ । अरूको पसलबाट ब्याग ल्याउने दाजुभाइको आफ्नै पसल । राजधानीमा डेरा नहुनेको दुईवटा घर । आपूm बेरोजगार भएर छट्पटाएका उनीहरूको वरिपरिका सबै रोजगार । अहिले पनि दाजु मैतीदेवी पसलमा हुन्छन्, भाइ कारखानामा । बाबु र बहिनी बानेश्वर पसलमा, कान्छो भाइ बम्बेमा ।

चमत्कार यस्तरी आयो कि जिन्दगी पुरै बदलियो । बास्तवमा दाजुभाइ मिलेर काम गरेकै कारण यो चमत्कार सम्भव भयो । छोराहरूले गरेको चमत्कारका साक्षी बाबु सुरथ भन्छन्– ‘बाबु केटाहरूले गरे, धेरै गरे ।’ पहिले बच्चा बढी भयो कसरी पाल्ने भनेर भौंतारिएका सुरथ अहिले मिलेकै घरमा लक्ष्मीको बास हुन्छ भन्थे, हो रहेछ भन्छन् । उनले खाईनखाई गरेर जोडेको पैसाकै कारण आज जे खाउँ जे लाउँ गर्न पुग्ने भएको छ । पुरै परिवार खुसी छन् र खुसी बढाउँदै छन् । यत्रो खुसी भएको परिवारमा ३२ वर्षकै उमेरमा बितेकी आमा मात्र छैनन् अरू सब छ
Featured Item
Collage Bag
Collage Bag
Random Products
One polar Laptop
$45.50
Laptop Bag
$11.00
One Polar
$43.00
Collage Bag
$7.50
Backpack
$4.75
Onepolar Bag
$46.50
Last Updated: 6 Jun 2016 12:56:07 PDT home  |  about  |  terms  |  contact
Powered by eCRATER - a free online store builder